under featured image
Sky Link

भायानेटको नयाँ साखा अब लालमटियामा!

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्ने उद्देश्य

Above News Headline
पोखरा भ्वाइस सम्वाददाता, फागुन २ गते 
Bg Hospital

नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा दाङ जिल्लाको लाल मटियामा नयाँ साखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब लालमटियाका सर्व-साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्।

यसै सन्दर्भमा लालमटियामा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा बिषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१:२०१५ प्रामाणिक कम्पनी हो।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।

आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यस्तो अवस्थामा तीव्र गतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ। यसैले भायानेटले तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ । अतः आजै भायनेटको सेवा लिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.