under featured image
Sky Link

पोखरामा गर्यो “ब्रम्हाण्ड” ले अडिसन

सिरीजको मुख्य भुमीकामा राजन खतिवडा, अनुपम शर्मा, सुरज विष्ट, सुप्रज्ञा शर्मा, प्रविन ज्ञवाली

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, फागुन १० गते,  कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको सिरीज “ब्रम्हाण्ड” को आज पोखरा स्थित टोपी स्टुडियोज” मा अडिसन सम्पन्न भएको छ ।

यही फागुन अन्तिम साताबाट पोखरा मै छायाकंन हुन लागेको सिरीजको लागी अडिसन दिन आज ५० जना भन्दा बढी पोख्रेली कलाकारहरु स्टुडियोमा पुगेका थिए ।

पछील्लो समय युवा पुस्ताहरुको ओटीटी प्लाटफर्मका कन्टेन्टहरु र सिरीजहरुमा चासो बढेको पाईएकोले पनी सिरीज निर्माणमा हात हाल्न लागेको टोपी स्टुडियोज का सागर राज आचार्यले जानकारी गराए । पोखरा कै स्कृप्टराईटर रियाज नाटककारको स्कृप्टमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज मीलेर निर्माण गर्न लागको ब्रम्हाण्डको पहीलो सिजनमा ८ एपीसोड हुने र हरेक एपीसोड ५० मीनेटको हुने आचार्यले बताए ।

पोखरा मै रहेर नाटक र फिल्महरुमा पनी काम गरिसकेका थुप्रै पोख्रेली कलाकारहरु अडिसनमा सहभागी भएका थिए । २ वटा सेड्युलमा छायांकन सुरु गरिने “ब्रम्हाण्ड” को लागी मुख्य भुमीका कै लागी मात्रै २७ जना क्यारेक्टर चाहीने र केही मुख्य कलाकारहरु काठमाण्डौको अडिसनबाट छानीएको र बाँकी पोखरा बाटै छानीने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

Bg Hospital

काठमाण्डौको अडिसनबाट सिरीजको मुख्य भुमीकामा राजन खतिवडा, अनुपम शर्मा, सुरज विष्ट, सुप्रज्ञा शर्मा, प्रविन ज्ञवाली लगायतका कलाकारहरु फाईनल भईसकेका छन ।

सोसल सस्पेन्स सिरीज ब्रम्हाण्ड का निर्देशक रविन आचार्य हुन । डाईङ क्यान्डेल लगायत थुप्रै अवार्ड विनीङ फिल्महरुमा डिओपी गरीसकेका आचार्यको यो पहीलो डिरेक्टीरियल डेब्यु हो । यस सिरीजलाई यही आउने बैखाश पछी टेलिभीजन र ओटीटी प्लाटफर्मको माध्यमबाट रिलीज गरीने बताईएको छ ।

भर्खरै मात्रै कान्तिपुर फिल्म एकेडेमीले बिरगंजमा अर्को सिरीज “मीस स्कार्लेट” को छायांकन सकाएको थियो । मीस स्कार्लेट र ब्रम्हाण्ड सँगै एकेडेमीले अन्य ४ वटा बिग बजेट नेपाली सिरीजहरु बनाउन लागेको बुझीएको छ । यि सिरीजहरुलाई ईन्टरनेश्नल प्लाटफर्म सम्म लैजाने उदेश्य रहेको र त्यही अनुसार क्वालीटी र सब्जेक्ट सेलेक्सनमा ध्यान दिईएको कान्तिपुर फिल्म एकेडेमीका प्रोडक्सन हेड दिलीप पन्तले बताए ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.