under featured image
Sky Link

डान्स गण्डकी डान्सको उपाधि सुहानाले जितिन

Above News Headline
पोखरा भ्वाइस सम्वाददाता, फागुन २८ गते ,  नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकि छन् । उपाधि सगैँ उनले नगद ५० हजार रुपैँयाको साथमा एक थान मोबाइल र बिभिन्न गिफ्ट प्राप्त गरिन । शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा अयोजना भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन। उनि हाल पोखर २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत रहेकि छिन् ।
Bg Hospital
त्य्सतै  उक्त प्रतियोगिको फ्ष्ट रनर अफमा युना पुन, सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ, चौथो रनर अफमा आयुसा पोख्ररेल, भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रर्फमरको उपाधि सिमा बिकले हात पार्न सफल भइन । जस अन्तरर्गत फष्ट र सेकेन्ड रनरअफ र एक थान मोबाइल सेटको साथमा नगद रु १० हजार प्राप्त गरे ।

१० ओटा चरणमा आएर डान्सको फाइन कार्यक्रम भएको हो । ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एब्म कोरियोग्रफर महेश गोदार, धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए । यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक बिजय तामाङ, नृत्य निर्देशन मनिष सिङ, सृजना आले, रक्षा कुँवर, जिफानका पुर्ब अध्यक्ष एब्म गुरुङ चलचित्रकि नायिका जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङ रहेका थिए । यस प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनु आवश्यक रहेको जनाए ।
कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल, कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले गरेका थिए ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.