under featured image
Sky Link

पञ्चासेमा बन्यो जैबिक बिबिधता पार्क

Above News Headline
पोखरा भ्वाइस सम्वाददाता, चैत ४ गते, पोखरा । 
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४, अन्तर्गत पर्ने टाँडी बिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्क को प्रारम्भिक निर्माण कार्य सम्पन्न भएको छ। प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउँने पर्यटकको बसाइँ लम्ब्याउने उद्ध्येश्यले सो पार्कको काम थालनी गरिएको अन्नपुर्ण  ४ का वडाध्यक्ष आईन्दल गुरुङले बताए।
Bg Hospital
५४ रोपनी क्षेत्रफल निर्धारण गरि निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी , फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा , बिसौनी स्थल समेत निर्माण गरिएका छन्।अागामी दिनमा ढुङ्गे धारा, योगा मेडिटेसन स्थल, टि सप, बोटानिकल गार्डेन, साँस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी , पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचा , सुन्दर फोटो स्टेसन लगायतका पूर्वाधार हरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्बाधारका रुपमा विकास गरि हजारौं पर्यटक भित्राउने लक्ष्य रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रबक्ता नवराज पौडेलले बताए।
प्रसिद्ध धार्मिक , पर्यटकीय एबं साँस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्व, जैबिक बिबिधता र पर्यापर्यटन प्रबर्द्धन अभियानमा यी र यस्ता पूर्बाधारले सघाऊ पुर्याउने स्थानीयको विश्वास छ।
पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक अावागमनमा वृद्धि गर्दै स्थानीयवासीको अायस्तर समेत उकास्ने अभियानका साथ अाबधिक योजनाको रुपमा बृहत् पर्यटन पूर्वाधारको रुपमा विकास गर्न लागिएको पञ्चासे जैबिक बिबिधता पार्कको यहीँ बैशाख १ गते नयँबर्षको अबसर पारेर उद्घाटन गर्न लागेको कुरा पार्क निर्माण समितिले जनाएको छ। नयँबर्षको अबसरमा पञ्चासेको पर्यापर्यटन प्रबर्द्धनका निम्ति पञ्चासे सुनाखरी पदयात्रा नामक हाईकिङ्ग कार्यक्रम समेत  आयोजना गरि पञ्चासे जैबिक बिबिधता पार्कको समुद्घाटन गरिने बताईएको छ।
Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.