under featured image
Sky Link

बनबिज्ञान अध्ययनरत टोली पञ्चासे अबलोकनमा

Above News Headline
पोखरा भ्वाइस सम्वाददाता, चैत ९ गते, पोखरा पोखराको बनबिज्ञान अध्ययन संस्थानमा अध्ययनरत बिद्याथीहरुको एक टोली पर्यावरण एबं जैबिक बिबिधता अध्ययन र कार्यमूलक अबलोकनका निम्ति पञ्चासे पुगेको छ। बिशेषत: सुनाखरी लगायत पुष्प बनस्पति , जैबिक बिबिधता र जंगलका अनेकन तथ्य र खोजका निम्ति सो टोली पञ्चासे यात्रामा पुगेको हो।१४७ प्रजाति सुनाखरी सहित बहुमूल्य जडिबुटी , पुष्प बनस्पति पाईने पञ्चासे क्षेत्र ५७०० हेक्टर क्षेत्रफलमा फैलिएको बनजंगल र सुन्दर पर्यावरण प्रकृति ले भरिपूर्ण क्षेत्र हो। पञ्चासे सुनाखरी पदमार्गको पैदल यात्रा हुँदै निस्किएको टोलीले भर्खर निर्माण कार्य सुरुवात भएको पञ्चासे जैबिक बिबिधता पार्कको अबलोकन समेत गरेको थियो । सो क्रममा बिद्यार्थीहरुले पञ्चासे सूचना केन्द्र र स्थानीय होमस्टेहरुको समेत अबलोकन गर्दै स्थानीय प्रकृति , पर्यावरण , संस्कार र संस्कृतिबारे अध्ययन समेत गरेका थिए।
Bg Hospital
पोखरा नजिकैको यति सुन्दर प्रकृतिको कुञ्जमा अाएर कार्यमूलक अबलोकन गरि  बहुअायामिक सिकाई सिक्न पाउँदा अाफूहरु अत्यन्तै हर्षित भएको साथै यश क्षेत्रलाई पर्यावरण अबलोकन केन्द्रका रुपमा विकास गर्न अाफूहरुले प्रचारप्रसार मार्फत सहयोग समेत गर्ने सहभागी बिद्यार्थी ज्योति शर्माले बताईन्। सो भ्रमणका क्रममा संरक्षणकर्मी हिरालाल गुरुङले संरक्षण अनुभव र पञ्चासे बनस्पति प्रजातिका रुपमा जानकारी गराउँदै अागामी पुस्तामा संरक्षण चेतना जागृत हुनुपर्ने बताएका थिए। साथै पञ्चासे क्षेत्र विकास समिति प्रबक्ता नवराज पौडेलले पर्यावरण , प्रकृति , जैबिक बिबिधता र पर्यावरण अध्ययनबारे जानकारी राख्दै उपस्थित बिद्यार्थीलाई स्वागत धन्यवाद सहित अध्येता टोलीलाई अागामी दिनमा अझै सहयोग गर्ने प्रणका साथ पर्यावरण अध्ययन, अनुसन्धान एबं कार्यमूलक भ्रमणका निम्ति पञ्चासे अाउँन अाग्रह समेत गरेका थिए।
Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.