under featured image
Sky Link

घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’ मार्फत सन्तोष अधिकारी को डेब्यु

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, चैत १७ गते, 

राम नवमीको अवसरमा बिहीबार ‘चित्रा’ को घोषणा गरिएको छ । आगामी भदौबाट छायांकनमा जाने सिनेमामा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । चित्रामा सन्तोष अधिकारी को साथमा अर्पण थापा को पनि मुख्य अभिनय रहने छ्। 

Bg Hospital

पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए । निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ ।

उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् ।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.