पोखरा भ्वाइस सम्वाददाता, बैशाख ६ गते,
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०८० को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रमकाबीच भरतपुरमा विमोचन गर्नुभएको हो ।

विमोचनपछि थापाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेकोले लक्की मिडिया हाउसलाई थप सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, उप-सभापति राजिव न्यौपाने, युवा नेता राजकुमार राज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप गतिविधीलाई निरन्तरता दिदै जाने बताउनुभयो । मिडिया हाउसको स्थापनादेखि नै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गर्नुभयो ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छन् ।