under featured image
Sky Link

पोखराका सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

Above News Headline

पोखरा भ्वाइस सम्वाददाता, बैशाख २४ गते,
पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।
रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाण र गायिका अन्जु पन्तको आवाज रहेको छ ।

Bg Hospital

पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । खासगरी नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् । घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत हुन् । यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी(रत्यौली), ओई माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनि थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता गीत उनका चर्चामा छन् ।

Rakchhaya/vianet inside

Leave A Reply

Your email address will not be published.