under featured image
Sky Link

पोखराको व्यवसायीक नाट्य यात्रामा छलाङ मार्ला त “उ मरेकी छैन” ले

फोटो फिचर

Above News Headline

पोखरा भ्वाइस् सम्बाददाता , पोखरा, १ पौष
कुनै समयमा नाटक भन्ने वित्तिकै पोखराको नाम सवै भन्दा पहिला आउथ्यो विशेष गरी चालीसको दशकलाई पोखराको नाट्य कर्मको आधारले स्वर्ण युगका रुपमा परिभाषित गरिथ्यो ।

निर्देशक चे शंकर

यो समयमा सरुभक्त, अनुप वराल प्रकाश घिमीरे, तीर्थ श्रेष्ठ लगाएतका कलाकारहरुले पोखराको नाट्य कर्मलाई निकै उचाईमा पु¥याए । तर त्यस पछिका समयमा त्यो उचाईले निरन्तरता पाउन सकेन । फल स्वरुप पछिल्लो समयमा रहरै रहरमा लागेका युवा पुस्ताले पोखराको नाट्य कर्मलाई धानेको छ । यहि रहरवाटै पोखरामा पहिलो व्यवसायीक नाटक घर “पोखरा थिएटर” पनि संचालनमा आएको छ । नाटक घर संचालन पछि पोखरामा नियमित र व्यवसायीक नाटक संचालन पनि भईरहेका छन् । नाट्य कर्मी अनुप वराल पनि अहिले पोखरा फर्किएका छन् । उनि भन्छन्–“मलाई जुन माटोले नाट्य कर्ममा लाग्न प्रेरणा दियो यहि भुल्न सकिन अनि पोखरामै केहि गर्ने सोचका साथ फर्किएको हुँ ।” पहिलाको अनुभव सम्झदै वराल भन्छन् पहिला रहरमा लागियो त्यस पछि व्यवसायीक वन्नु पर्छ भनेर सिक्न गईयो अव पोखरामै वसेर केहि गर्न सकिन्छ भन्ने उधारहण पनि त दिनु छ । पछिल्लो समयमा रहरै रहरमा लागेका केहि समुहहरुले पोखरामा नियमित नाट्य कार्यशाला र मंचनको काम पनि गररहेका छन् ।
पोखरा थिएटरवाटै नियमित नाटक गरिरहेका र प्रशिक्षित रेवन राई र अन्य केहि नाट्य हुटहुटी वोकेका युवा नाट्य कर्मीहरुले न्यारेटर ए ग्रुप अफ स्टोरी टलर को नाट्य सम्राट वालकृष्ण समको नाटक उ मरेकी छैन लाई मञ्चन गर्ने तयारी गरिरहेका छन् । यहि पौषको ४ गते देखि १४ गते सम्म नियमित मञ्चन हुने नाटक समुहका पहिलो व्याचको विद्यार्थीहरुवाटै प्रस्तुत हुँदै छ । तीन महिनाको कार्यशाला पछि मञ्चन हुन लागेको सो नाटकका कलाकार यतिबेला रिहर्सलमा व्यस्त छन् । यो नाटकलाई न्यारेटर समुहले मञ्चन गर्न लागेको हो ।

Bg Hospital


नाट्य सम्राट बालकृष्ण समले लेखेको यो नाटकलाई नाट्य रुपान्तरण, डिजाइन तथा निर्देशन युवा रंगकर्मी चे शंकरले गर्दैछन् । यो धार्मिक नाटक हो । नाटकमा वाल मनोबिज्ञानलाई कलात्मक ढंगवाट प्रस्तुत गर्न खोजेका छन् निर्देशक चे ले । चे शंकरले कार्यशालामा पनि सहजिकरण गरेका थिए । यो नाटक मञ्चन पश्चात पोखरेली रंगमञ्चमा नाट्य क्षेत्रमा अगाडी बढ्ने नयाँ समुह स्थापित हुनेमा उनको विश्वास छ । यसअघि तिर्खा नाटक उनको परिकल्पना र निर्देशनमा पोखरामा मञ्चन भएको थियो ।
पोखरेली नाट्य क्षेत्रकै चर्चित कलाकार रेवन राईले सो नाटकमा सह निर्देशन र व्यवस्थापकको रुपमा काम गरिरहेका छन् । उनले पोखराको नाटकलाई व्यवसायीक बनाउने अभियान स्वरुप संस्था स्थापान गरी कार्यशाला सहित नाटक मञ्चन गर्न लागेको धारणा राखे । उनले भने–“सफलता भनेको निरन्तरता हो, म यहि क्षेत्रको लागि जन्मेको हो जस्तो लाग्छ त्यसैले मैले निरन्तरता दिन मात्रै खोजेको हुँ ।”


नाटकमा रेवन राई, विनोद रसायली, सन्दिप पाण्डे, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, ज्योती हमाल, टिकाराम पौडेल, उज्वलराज ढकाल, गौरव ढकाल, रोसन ज्ञवाली आदी कलाकारले अभिनय गर्दैछन् । उनीहरु सबैले रंगकर्ममा लामो यात्रा तय गर्ने परिक्षाको रुपमा यो नाटकमा मेहनत गर्दैछन् ।


नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । पौष १४ गतेसम्म मञ्चन गरिने नाटक एक घण्टा १० मिनेट अवधिको छ । नाटक दैनिक बेलुकी ४ः१५ बजे र शनिवार दिउसो एक बजे समेत गरी दूई सो मञ्चन हुनेछ ।
नाटक मञ्चनको आयोजक न्यारेटर समुह कला र साहित्य सम्बन्धी गतिविधि गर्दै विद्यार्थी र युवालाई यसतर्फ आर्कसित गर्न क्रियाशिल बन्न खोजेको समुह हो । पछिल्लो समयमा नाटक सम्बन्धि गतिविधि पोखरामा बढिरहेको छ । पोखरामा थिएटर सञ्चालनमा आएपछि गतिविधि ह्वात्तै बढेको हो । त्यतिमात्र नभएर पुराना रंगकर्मीहरु पोखरा फर्किएर काम गर्न थालेका छन् । यसले नयाँ कलाकार सहित पुराना रंगकर्मीमा समेत उर्जा थपिएको छ ।

Trident conecpt
vianet
PCC Mela

Leave A Reply

Your email address will not be published.