
– राजेश चाम्लिङ राई
अन्तिम प्रेम पत्र

म उस्लाई भुल्न चाहन्छु ।
कस्लाई ?
उस्लाई ।
बार बार यै भनेर फेरि म उस्लाई सम्झिरहेको छु ।
वेटरले फेरि हाफ बोतल भोड्का ल्याएर मेरो अघि राखी दिन्छ र त्यै साईजको दुई वोटा खाली बोतल टेबल बाट उठाएर लैजान्छ ।
” भाई ” म वेटरलाई बोलाउछु ।
वोएतर म भएतिर फर्कन्छ ।
हजुर सर ! वेटर सालिन्ताको साथ मेरो अघि उपस्थित हुन्छ ।
भाइ एक बत्ता अर्को पनि चुरोट ल्याईदेउत ।
वेटरले झ्वाट टेबलमा भएको चुरोटको बत्तामा नजर दौडाउछ बत्ता खाली हुन्छ ।
उस्ले केही नभनी हस सर भनेर जान्छ ।
सायद मनमनै चाहिँ अचम्मित भयो होला कति चादो सकेछ एक बत्ता चुरोट भनेर । चेन स्मोकरनै रैछ भन्थान्यो होला तर मलाई कुनै पर्बाहा छैन जेसुकै सोचोस । यदि उस्ले पनि चुरोट तान्छ भने पक्कै पनि उस्लाई पनि थाहाँ हुनै पर्ने हो ।
‘ मान्छेले चुरोट तनाव हुदा बदि तान्छ भनेर ‘
हातमा भएको चुरोटको अन्तिम सर्को तान्छु र थुत्तालाई यस्ट्रेमा भाबपुर्ण श्रद्धाञ्जली गर्दै भोद्कालाई गिलास भरी खन्याउछु । सुरुमै वेटरलाई आईस चाहिदैन भनेको थिए त्यसैले नेटनै आँखा चिम्म गरेर टन टन पिउछु । अन्तिम घुद्कोमा एकासी भोद्काले सर्काउछ र मुखबाट भोद्काको छिटाहरु उछिटिएर बाहिर निस्कन्छ म खोकिन्जेल हुन्छु… F*** अनायासै निस्किएको आवाज । भोद्काले सर्काउनुको कारण आईस नहाली नेट टानेर होईन आँखा चिम्म गर्दा कल्पनामा उस्लाई देखेर चाहिँ हो ।
म टेबलको बोतल उठाउछु र बाकी भोद्का आँखा खुल्लै गरेर ठाडो घाँटी लगाउछु । घट घट घट घट एकै चोटि बाकी भोद्का पुरै सकाउछु ।
मेरो बिस्तारै होस हराउदैछ । वेटरले चुरोट ल्याईदिन्छ । हात कमाउदै चुरोटको बत्ता खोल्छु र हतार हतार चुरोट मुखमा ठोसेर लाईतर बाल्न खोज्छु । लाईतर बल्दैन । प्रयास गर्छु बल्दैन । वेटरलेनै लाईतर पनि बाली दिन्छ । म चुरोट सल्काउछु अनि कामीरहेको हातको औलाले चुरोत च्यापेर तान्न सुरु गर्छु र मुखबाट धुवा निस्किदै गर्दा फेरि वेटरलाई अर्को बोतल भोद्का ल्याउन अडर गर्छु तर वेटर अन्कनाउछ ।
” सर बढी भईसक्यो… “
के के फलाकिरहेको हुन्छ खासै सुन्दिन मेरो जिद्दीको अघि तिक्क सक्दैन र फेरि अन्तिम एक चोटि ल्याईदिने सर्थमा वेटर जान्छ ।
अब एक बोतल पिए भने, मेरो पुरै होस हराउछ । म त्यै चाहन्छु म बेहोस हुन चाहन्छु पुरै बेहोस किनकी म रुन चाहदिन ।
किन रुनु पनिर ?
” निस्ठुरिको लागी रोयो भने आशुले पनि सरापछ ।” रुदिनम ।
भोलि उस्को बिहेछ – चुरोटको धुवा मदारिदै बार मा बिलाउछ । म भोलि सम्म बेहोसनै हुन्छु – तय गर्छु । पर्सि पल्त म सबै कुराहरु बिर्सन्छु – झुटो आसोसन आफैलाई दिन्छु । बिर्सेको बाहाना गर्छु । हो बिकल्प पनि यै हो र अर्को चोटि झुकिएर भेतिहाले भने म उ जति खुसी छ त्यो भन्दा बदि खुसी सङ्ग दिनहरु बिताइरहेको हुनेछु यो चाहिँ प्रतिज्ञा हो । ऊ परिबर्तन भको हुनेछ । गलामा मङ्गलसुत्र सिउदोमा राटो सिमाना कोरिएको हुनेछ । तर म भने उस्तै हुनेछु । केहि लामै समयको अन्तराल पछि भेट भयो भने चाहिँ साथमा एउता बचा पनि हुनेछ होला उस्को, तर म भने उस्तै ।
बस जुन कुरा नभएर उस्को बाउ आमाले म सङ्ग उस्को बिहे गर्ने दिएन त्यो कुरा चाहिँ म सङ्ग अथाह हुनेछ ।
” स्त्याटस “
” सम्पती “
म लफङ्गारे
घर न थरको रे
के मेरो घर गाउँमा छैन ?
के म नेपाली होईन ?
मु* ठाउमा घर हुनेहरु मात्र घर वाला थर वाला हुन ।
देखाईदिन्छु म ।
लगातार चुरोटको धुवामा मन भित्रको आबेकहरु उडाई रहेकोछु ।

त्यो बोक्सीलाई मैले सुरुमा देख्दा घर र थर सोधेर माया लगाएको थिएर ? मायात यसै भको थियो पहिलो भेतमै । न मलाई उस्को नाम थाहाँ थियो न घर न थर । जाठि पनि मलाई खुब मायाँ गर्छु भन्थी । मेरो लागी मर्छु भन्थी । देखियो माया । त्यस्को आमाले एदि तैले हामीले भनेको ईमान्दार राजधानीमा दुई वोटा घर भाको अझत अझ जाठा एन रान एन पनि रे त्यो सङ्ग बिहे नगरेर त्यो लफङ्गा सङ्ग पैला गएर छर छिमेकीको अघि हाम्रो नाख कातिस भने म बिष खाएर मर्छु भनेको थियोरे । त्यतिभा के चाहियो, जाठीलाई बाहाना भैगोछ मलाई छोड्नलाई । आमाले मर्छु भनेकोछ त्यो केटा सङ्ग बिहे नगरे, प्लिज मलाई भुलिदेउ । यो जुनिमा म तिम्रो हुन सकिन अर्को जुनिमा पक्का म तिम्रो हुनेछ ।
हा.. कति सजिलो ।
मेरो माया कागजमा पेन्सिलले कोरिएको अक्षर होर ईरेजर लगाएर त्यति सजिलै मेतिनलाई ।
अझ ” यो जुनिमा तिम्रो हुन सकिन अर्को जुनुमा पक्का तिम्रो हुन्छुरे । “
घन्टा
यो जुनिकोत बाचात निभाउन सकेन अर्को जुनिको कुरा गर्छ मु* ।
वास्तवमा NRN पाएर खुसीछे त्यो । बिचमा आमालाई ल्याउनुत बाहाना मात्र हो त्यस्को ।नाटकनै रैछ मायाँ आखिर अलि अघि म बिना मर्छु भन्नेले उल्तै मलाईनै मारी दियो – जिउदै । तीन चार वोता चुरोट सक्किसके पछि वेटरले भोद्का लिएर आउँछ । उस्ले भोद्का टेबलमा राख्नु भन्दा अगाडिनै उस्को हात बाट तानेर ठाडो घाती लगाउछु । वेटर एकछिन जिल्ल परेर मलाई हेरिरहन्छ अनि केही नबोली त्यहाँ बाट जान्छ । म पुरै भोद्का एकै बसाईमा सकाउछु र बोतल टेबल माथी राख्छु र पुण चुरोट सल्काउने असफल प्रयास गर्छु । त्यतिकैमा मोबाईलमा फोन आउँछ म वास्ता गर्दिन बरु लाईतर बाल्ने प्रयास गर्छु तर प्रयास पुर्नरुपमा असफल हुन्छ । एक चोटि पुरै घण्टी बजि सके पछि लगतै फेरि फोन आउँछ । यो चोटि भने म बिस्तारै प्यान्तको गोजिमा हात लगाएर फोन निकाल्छु । नम्बर नचिनेको हुन्छ म कल रिसिभ गर्छु ।

उताबाट – हेलो सिरिस दादा होईन ? सानो मलिनो दुख मिसिएको आवाजमा ।
स्वोर चिनेको जस्तो लाग्छ ।
फेरि पनि ” सिरिस दादा ” मेरो नाम सम्बोधन गरेर बोलाउछ ।
स्वोर चिनेकै हो ।

त्यै जाठिको बहिनी हो । कैले काहीँ राती फोनमा कुरा गर्दा बहिनी सङ्ग पनि बोल्नु भनेर दिन्थी । साली भनेर जिस्काउथे मख्ख परेर हास्थी । भोलि बाट अर्कैको साली हुने भै साली ।
तर अहिले भने सालिको कुरा सुन्न बित्तिकै पाँच बोटल भोद्काको नसा आधी उत्रीगो । शरीर चिसो भएर आयो । म फोन राखेर कुर्सिबाट हतार उठ्छु । त्यसो गर्दा मेरो घुदा टेबलमा ठोकिन पुग्छ र पनि म दगुर्नु खोज्छु तर शरीर ठाम्न नसकेर भुईमा पछारिन पुग्छु अनि लड्खदाउदै उठ्छु र काउन्तरमा पुगेर पैसा तिर्छु । एउता युवतीले पैसा फिर्ता दिदै हुन्छ तर लिदिन, पैसा बधी भएर भने होईन कारण मलाई बधिनै हतार भएर हो । अति अतिनै ।
” जुनेलिले विष खाईरे ” विष जेहेर बाफरे…
सालिले भनेको हस्पिटलमा अन्तिम अबस्थामा छ रे । मलाई केही कुराको ख्याल हुदैन बार बाट हतार बाहिर निस्कन्छु । बल्ल तल्ल पार्ट ताईम जब गरेर पैंतालीस हजारमा किनेको 3rd ह्याद स्कुतर पार्किङ जोनमा हुन्छ । धर्याङ्ग मर्याङ्ग गर्दै स्कुतर नजिक पुग्छु र स्कुतर स्टार्ट गरेर सकेजति स्पिडमा जुनेली राखेको हस्पिटल तिर हुईकिन्छु ।
मैले जुनेलीलाई पहिलो चोटि मिउजिक क्लासमा देखेको हो । साथी सङ्ग भागेर आएको रहेछ घरमा थाहाँ पायो भने बाबा आमाले कराउछ भनेररे – पछि सुनाकिथी । आखाँ लाई राम्रो लाग्ने सबै कुराहरु देख्न बित्तिकै मन पर्छ । मलाई पनि उनी देख्न बित्तिकै मन पर्यो । उस्को तारिफमा मैले उस्लाई जुन मात्र भने हैत, उ जुन जस्ती राम्रीथी । मैले उस्लाई हेरिरहेको उस्ले थाहाँ पायो । हाम्रो आँखा जुझेको बेला मैले ‘ हाई ‘ भन्नलाई हात हल्याए …
इस्कुतर अन्ब्यालेन्स भएर लड्न पुग्यो । म उछितिएर रोडको छेउमा पछारिन पुगे । त्यत्रो स्पिडमा कसैलाई हाई भने जसरी हात उथाएर हल्याए पछि एक्सिडेन्ट् नभएर के हुन्छ्त । मेरो पछाडि ट्याक्सी आईरहेको रहेछ । मलाई त्यो ट्याक्सिले झन्दै किच्छ ड्राइभरको भाग्या बलियो भनौ कि मेरो । ट्याक्सी ड्राइभर ट्याक्सीबाट ओर्लन्छ र म भए तिर आउँछ । मेरो कुहिना र हातमा चोट लागेको हुन्छ । मलाई ड्राईभएले केही भयोकि भनेर सोध्नु भन्दा अगाडिनै म ड्राईभरलाई मलाई जुन राखाको हस्पिटलमा लैजान आग्रह गर्छु ।

ड्राईभर ट्याक्सी चलाईरहेकोछ । म ड्राईभरलाई छिटो छिटो भनिरहेकोछु । ड्राईभरले भाइ खासै ठूलो छोट लागेको छैन नकाहालिनु पुगिहालिन्छ भनिरहेकोछ । म किन कहालिरहेकोछु त्यो भनिरहन जरुरी थान्दिन र भन्दिन पनि । ड्राईभरले ड्रीन्क गरेको बेला ड्राईभ गर्नु हुदैन भनेर के के फलाकी रहेको हुन्छ तर मेरो मगजमा केही छिरेको भने हुदैन । धेरै समय लगाएर 20 मिनेत पछि ड्राईभरले ट्याक्सी हस्पिटल बाहिर पुर्याएर रोक्छ । म ट्याक्सी बाट ओर्लनुभन्दा अगाडी ट्याक्सी भादा दिन खोज्छु । औपचारिकताको लागी दिए जस्तो गरेको नभएर साचिनै भादा दिन खोजेको हुन्छु तर ड्राईभरले पैसा लिन मान्दैन । म सङ्ग आग्रह गर्ने फुर्सद पनि हुदैन । सायद ड्राईभरले भने धन्यवाद सम्मको अपेक्षा गरेको थियो होला तर म त्यो पनि नदिई ट्याक्सि बाट हतारमा ओर्लन्छु र हतारमै हस्पिटल भित्र छिर्छु । म हस्पिटल भित्र सरासर ICU तिर लम्कन्छु तर ICU भित्र without प्रमिशन छिर्न पाईदैन भन्ने भान दिमागमा आउँछ त्यसैले म पाईला प्रतीक्षालय तिर लम्काउछु । म प्रतीक्षालय पुग्छु जहाँ जुनको आमा बाउ र बहिनी बसिरहेको हुन्छ । तिनै जनाको गह आशुले पोतिएको हुन्छ । मलाई एकासी त्यहाँ देख्दा जुनको आमाको अनुहारमा आक्रोशको भाब पैदा हुन्छ । तर म दुबै हात जोडेर काम्दै जुनलाई भेट्न् दिनुस भनेर बिन्ती बिसाउछु । मेरो रक्सिले राटो भएको आखाँमा आशुको थोपाहरु देखेर होला जुनको आमाले केही भन्नू पुर्बनै जुनको बाबाले जुनको आमाको हात समाउछ म त्यस्लाई स्वीकृति सम्झन्छु ।
म नर्शले दिएको हरियो अप्रोन लगाएर छिटो छिटो गएर ICU भित्र छिर्छु । मुखमा अक्सिजन लगाएर कुनै बस्तुझै उत्तानो सुतिरहेको मेरो जुनलाई देख्न बित्तिकै पाईलाहरु कम्जोर भईदिन्छ । मलाई रिंगटा लागेर आउँछ । एकछिन म कहाँ छु भन्ने कुरा पत्तो पाउदिन शरीर हुरमुरिएर ताउको भित्तामा ठोकिन पुग्छ । त्यो ताउको ठोकाईको दुखाईले म ICU भित्र मेरो जुनको अघि उभिरहेकोछु भन्ने होस आउँछ । म बिस्तारै जुन नजिक जान्छु र भुईमा घुदाले तेकेर जुनको हात समाउछु । हात मेहेन्दिको रङ्गले सजिएको हुन्छ ।
” जुनेली ” म जुनलाई बोलाउछु ।
जुनेली हेरत मलाई…हेरन
किन नबोलेको ?
” जुनेली ” अलि ठूलो आवाजमा बोलाउछु ।
अस्ति तिमीलाई अब म जिन्दगी तिमीलाई भेत्दिन भनेको थिए रिसाको हो ? मैले जिस्केरपो भनेको होत ।
जुनेली आँखा खोलन..हेरन मलाई
जु..
त्यतिकैमा तारा ICU भित्र आउँछ – जुनेलिको बहिनी । म तारा नजिक दौडेर जान्छु ।
ता..ता तारा हेरन जु जु जुनेली म सङ्ग बोल्दैन म आकोछु नानालाई उठ्नु भनन तारा ..
तारा केही नबोली एउता फोल्ड गरेको कागज मेरो अघि तेर्स्याउछ ।
म एकछिन केही नबोली त्यो कागज हेरिरहन्छु ।
तारा पनि केही बोल्दैन मात्र कागज मेरो अघि तेर्स्याईरहन्छ ।
“..के हो यो ? ” म तारालाई सोध्छु ।
” अन्तिम प्रेम पत्र ” नानाले बिष पिउनु भन्दा अगाडि तपाईको नाममा लेखेर छोडेको रहेछ ।
म हतार त्यो चिठी ताराको हात बाट खोस्छु र हतार हतार अन्फोल्ड गरेर नजरलाई शब्दहरुमा दौडाउन सुरु गर्छु ।
” प्रिय “
सुरुकै सम्बोधनले मन कट्क्क हुन्छ ।
प्रिय सिरिस धेरै धेरै माया । सायद मैले तिमीलाई प्रिय भनेर सम्बोधन गर्ने हगत हुमाईसके होला माफी चाहन्छु । अन्तिम चोटि भन्दैछु तिमीलाई ” प्रिय “
म त्यतिखेरनै मरिसकेको रहेछु जतिबेला तिमीलाई मैले म तिम्रो हुन सक्दिन मलाई भुलिदेउ भन्ने हिम्मत गरेको थिए । मेरो कत्रो साहास छाती बाट मुटु निकालेर बाच्न सक्छु भन्ने हगि । अब तिमी मेरो होईनौ भन्ने सम्झे पछिको केहि दिनहरुत यस्तो छट्पटीमा कट्तो भने तिमी बिनाको यो पुरै जिन्दगी कसरी म बाच्न सक्छुर ।
मैले जिन्दगीमा तीन चोटि साहास गरे केही कुरा भन्न र केही कुरा स्विकार्न । पहिलो साहास बाबू आमाको कुरा स्विकार्नु दोस्रो साहास तिमीलाई मलाई भुलिदेउ भन्नु र म पनि तिमीलाई भुल्छु भन्नू तर दुबै चोटि हारेम न तिमीलाई भुल्न सके न बाउ आमाको कुरा स्विकार्न अब यो तेस्रो चोटिको साहासमा भने पक्कै पनि जीत मेरै हुनेछ ।
हातमा विषको बोतल समाईरहदा मैले तिमीलाई सम्झिरहेको थिए। फ्लिममा जसरी मैले खान लागेको विष तिमीले आएर खोसेर फालिदिए पनि हुन्त्योनि भन्ने भईरहेको थियो । सायद त्यस्तो भैदेको भए म रुदै तिमीलाई छातिमा दुबै हातले कुट्दै तिम्रो अङ्गालोमा बाधिने थिए । कसिलो अङ्गालोमा तर योत केबल कल्पाना मात्र हो जुन कल्पना मेरो भोलीको बिहेको लागि आजै बेलुकै देखि बजाईरहेको बाजाहरुले भङ्ग गरिदियो ।
‘ म जाँदैछु ‘ यो लेख्दै गर्दा मेरो हात कामिरहेको छ । कत्रो पीडा म अब तिम्रो कहिले हुनेछैन । मन भरी तिम्रो माया आँखा भरी तिम्रो तस्बिर लिएर जादैछु । तिमी तिम्रो जिन्दगी राम्रो सङ्ग कताएर आउँ । सक्छै मलाई भुलीदेउ सक्दैनौ तिम्रो मनको कुनै कुनामा सम्झना नामको सानो कोठामा सजाएर राखिदेउ । म माथी गएर हाम्रो लागी सुन्दर सन्सार सजाउदै गरेको हुन्छु । एउता सानो घर पनि बनाउछु अनि तिमी नआउन्जेल हर साझँ तिम्रो बाटो हेरेर तिमीलाई कुरिरहन्छु । अ साची कसैलाई पनि सात जुनि सम्म साथ दिने बाचा नगर्नुनि फेरि तिमी जो सङ्ग भए पनि यो जुनि सम्म मात्र हो उ सङ्गत ।
बाकी अरु छ जन्मत तिमी मेरो हुनेछौ अनि म तिम्रो… सिर्फ तिम्रो ।
जुनेली
चिठीको बिच बिचमा शब्दहरुलाई पानीको थोपाले भिजाको जस्तो देखिन्थ्यो पक्कै जुनेलिको आशुले हुनु पर्छ र अरु केही केही शव्दहरु बिगार्न मेरो आशुले पनि सगयोग गर्छ । चिठी पदिसकेपछी जुनेलिलाई गर्ल्याम्म अङ्गालो हालेर रुन मन लाग्छ । एक दुई कदम हिडेर जुनेलिको नजिक पुगेको मात्र के थिए जुनेलिको धुकधुकि देखाई रहेको मोनिटर तिईई….गरेर कराएको आवाज आउछ । हतार नजर मोनिटर तिर मात्र के लागाको हुन्छु मोनिटर झ्याप निभ्छ ।
त्यसपछी ताराले अन्तिम चोटि नाना भन्दै ठूलो आवाजमा रोएको मात्र याद छ…
-राजेश चाम्लिङ राई