under featured image
Sky Link

चलचित्र हेर्ने र सो चलचित्रमाथी समिक्षा गर्ने कल्चर फेरी शुरु

पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोसियसनको आयोजनामा, पोखरा थिएटरसँगको सहकार्य

Above News Headline

पोखरा, पुष ०३

पोखरा थिएटरसँगको सहकार्यमा गुरुङ फिल्म एशोसियसन नेपाल र पोखरा फिल्म सोसाइटिको आयोजनामा यो कार्यक्रम सुरु हुन लागेको हो । हरेक महिनाको पहिलो शनिबार बिहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा चलचित्र प्रर्दशन र त्यसमाथी समिक्षा गर्ने कार्यक्रम गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।

पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न यो कार्यक्रम हुन लागेको उनले जनाए । ‘हामीले विगत १ वर्ष देखि यो विषयमा सोचेका थियौ, अब शुरु गर्न लाग्यौ, पक्कै यसले पोखरामा नयाँ कल्चरको विकास हुनेछ’ परिवर्तनले भने । जस अनुसार पहिलो श्रृंखला पौष ५ गते शनिबार हुनेछ । पहिलो कार्यक्रममा रोड होम चलचित्र प्रर्दशन गरिनेछ ।

अनुप बराल

चलचित्र प्रर्दशन पश्चात अनुप बरालको सहजीकरणमा सो चलचित्रका विविध पक्षको बारेमा समिक्षा गरिनेछ । ‘पोखरामा चलचित्रमाथी समिक्षा गर्ने कार्यको थालनि हुनु आफैमा राम्रो कुरा हो, मैले पनि भाइहरुलाई गर्नुपर्छ भनेर हौसला दिएको छु’ नेपाली रंगमञ्च र चलचित्रमा स्थापित बनिसकेका अनुपले भने ।

Bg Hospital

यस अघी पनि बिगतमा पनि पोखरा फिल्म सोसाइटीले मात्रा यस्तै शो को आयोजना गर्ने गरेको थियो तर अहिले तिनवटै सस्था मिलेर गर्न लागेकोले यो कार्यक्रम सफल रहने पोखरा फिल्म सोसाइटिका निबर्तमान अध्यक्ष्य घनश्याम लामिछाने ले जानकारी दिनु भयो।

गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङ कल्चरको सुरुवातले चलचित्र क्षेत्रमा सकारात्मक उर्जा थपिने बताउँछन् ।‘चलचित्रकर्मी बिच भेटघाट, चलचित्र हेर्ने अवसर, यसलाई बुझ्ने र समिक्षा गर्ने कार्यले राम्रा चलचित्र बनाउन उत्पेरित गर्नेछ’ उनले भने । यो कार्यक्रम मार्फत गुरुङ चलचित्रलाई समुदायमा सिमित नराखी बाहिर ल्याउन सघाउने उनको भनाई छ । ‘गुरुङ चलचित्र गैर गुरुङ सहित प्राज्ञिक व्यक्तिलाई देखाउने अवसर सिर्जना हुँदा दायरा बढ्नेछ’ उनले भने ।

पोखरा फिल्म सोसाइटिका अध्यक्ष जितेश प्रधान फिल्म हेर्ने माहोल बनाउन यो कार्यक्रम महत्वपुर्ण बन्ने बताउँछन् । ‘राम्रो फिल्म हेर्ने मात्र नभएर फिल्मलाई कसरी राम्रो बनाउने, अनि फिल्म हेर्दा ध्यान दिनुपर्ने कुराहरु समेत सिकाउँदछ’ प्रधानले भने ।

यो कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका चलचित्र प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको तयारी छ । सम्भव भएसम्म सम्बन्धित चलचित्रमा आवद्ध व्यक्तिलाई बोलाएर अन्र्तक्रिया गरिनेछ । यसरी गरिने कार्यक्रमले पोखरालाई फिल्म सिटिको रुपमा स्थापित हुन सघाउने आयोजकको विश्वास छ । चलचित्र हेर्न र समिक्षा भाग लिन सबैमा आयोजकले आग्रह गरेका छन् ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.