
तनहुँ, पुस ३,
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैद सँगै पीडित बालिकालाई रु ४ लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले बताउनु भएको छ । गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा थिए ।