under featured image
Sky Link

बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

Above News Headline

गोरखा, पुस ४,

गण्डकी गाउँपालिकाको घ्याल्चोक स्थित बेनिगाउँमा निर्माण भएको बेनीगाउँ सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । असल छिमेकी नेपालले गण्डकी गाउँपालिकाको सहयोगमा निर्माण गरेको भवन गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रानाले आफुले निर्वाचनका बेला गरेको बाचा स्वरुप गाउसभाको पहलो निर्णय बेनीगाउँमा स्वास्थ्य इकाई बनाउने गरेको र त्यसलाई पूरा गरेको उल्लेख गर्नुभयो । रानाले भन्नुभयो हामीले गरेका बाचा पूरा गर्न प्रतिवद्व छौ, तपाईहरुले हामिलाई साथ दिनुहोस ।

रानाले मुन्थलादेवीको विकासकालागि डिपिआर बनिसकेको र गाउँपालिकाले यो आवमा १५ लाख छुट्याएको बताउनुभयो । गाउँपालिकाको आर्थिक सामाजिक बिकासकोलागि निरन्तर लागिरहने र स्थानियको चाहाना अनुसारका योजनालाई प्राथमिकताको आधारमा अगाडि बढाउदै जाने उल्लेख गर्नुभयो । भवन उद्घाटनको अवसरमा गाउपालिकाका प्रशासकिय अधिकृत राकेश गुरुङले स्वास्थ्य इकाईको भवन स्थापना भएपछि अब आवश्यक औषधि र बर्थिङ सेण्टरकोलागि पहल गर्ने बताउनुभयो । उहाले स्थानियको सकृयता र असल छिमेकीको इच्छाशक्तीका कारण भवन निर्माण समयमा सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गणतन्त्र स्थापना हुनुभन्दा पहिला देखि आफुहरुले गरेको पहलले अहिले सार्थकता प्राप्त गरेकोमा खुसी लागेको बताउनुभयो । उहाँले अब स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर स्थापनाको लागि पहल गर्ने बताउनुभयो ।

Bg Hospital

कार्यक्रममा घ्याल्चोक स्वास्थ्यचौकीका प्रमुख बिमल रेग्मीले स्वागत गर्नुभएको थियो भने भवन निर्माणका क्रममा भएको आम्दानी र खर्चको बारेमा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले जानकारी गराउनुभएको थियो । असल छिमेकी नेपालका परियोजना संयोजक बिजय श्रेष्ठले संचालन गरेको कार्यक्रम बेनिगाउँ सामुदायिक इकाई व्यवस्थापन समितका अध्यक्ष अमर बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वास्थ्य इकाईको भवन निर्माणको लागि स्थानिय सिताराम श्रेष्ठले जग्गा दान गर्नुभएको हो । स्वास्थ्य इकाईको भवन ४ आनामा निर्माण भएको हो । भवन असल छिमेकीको करिब ३० लाख र गण्डकी गाउँपालिकाको ६ लाख ५१ हजार गरि करिब ३६ लाख ५१ हजारमा स्वास्थ्य इकाईको भवन निर्माण सम्पन्न भएको हो ।

धादिङमा बस्दै आएका स्पेनका नागरिक फादर अल्कारोको सहयोगमा जग खनेर पनि भवन बन्न नसकेको बेनिगाउँको उक्त भवन असल छिमेकी नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको हो ।

स्वास्थ्य इकाईको भवन निर्माण भएपछि अब सामान्य उपचार सहित परिवार नियोजन र गाउँघर क्लिनिक तेर्से संचालन गर्न सक्ने स्वास्थ्य इकाई प्रमुख सुनिता गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो – अहिले महिनाको एक हजारमा भाडामा एउटा कोठामाबसेर सेवा दिदा निकै कठिन भएको थियो, अब सेवा दिन सहज हुनेछ । गुरुङले थप्नुभयो – सार्है गारो गरि २ वर्ष बित्यो अब भुकम्प प्रतिरोधात्मक भवन बनेपछि सेवामा सहजता हुनेछ । भएका सामान पनि प्रयो गर्न गारो हुने गरेको बताउदै उहाँले अब बर्थिङ सेण्टर संचालन गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।

बेनिगाउँबाट गर्भवति महिलाहरु अहिले घ्याल्चोक जान २ घण्टा लाग्छ । स्वास्थ्य इकाई प्रमुख गुरुङका अनुसार अहिले पनि गर्भवति महिलाहरुलाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन टाढा भएकाले बेनिगाउँको स्वास्थ्य इकाईमा बर्थिङ सेण्टर संचालन गर्न सके स्थानियलाई निकै सहज हुनेछ ।

स्वास्थ्य इकाईको भवन बनेपछि गण्डकी गाउँपालिकाको वडा नं। ८ का ३ सय घरधुरी सहित ३ सय घरधुरी सहित आसपासका स्थानियलाई स्वास्थ्य सेवाको लागि सहज हुनेछ । तर स्वास्थ्य इकाई प्रमुख सुनिता गुरुङका अनुसार आवश्यक सामाग्रीहरु सामान नभएको, औषधि समयमा नआउने, जति आवश्यक औषधि हो त्यति नआउने समस्याले पिरोलेको बताउनुभयो ।

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.