पोखराका गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रचण्ड (फोटोफिचर)

पोखरा। अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।
शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां।–२ का स्थानीय जनतासँग अन्तरक्रिया गरेका हुन् । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।

युवा उद्धमीको प्रोत्साहन र प्रविधिमैत्री व्यवसाय प्रबर्द्धन गर्दै पोखरा अौधोगिक व्य…

धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग

पोखरामा आँखा परीक्षण गराउने बढे

आइएसएमटी कलेज पोखरामा मानसिक चिन्ता व्यवस्थापन कार्यक्रम

प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकबिच छलफल

एक्सपर्टको २० औं वार्षिकोत्सवमा वृक्षारोपण र सरसफाई

प्रतिक्रिया