तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

दमौली । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

म्याग्दीकोे कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

भानुभक्त प्राणी उद्यानबाट प्रभावितले पाएनन् मुआब्जा

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

प्रतिक्रिया