आजदेखि दोहोरी आइकनको फिजिकल अडिसन

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो शो हुन लागेको हो । आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।
‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने आयोजकले जनाएको छ । आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने बताएको छ ।

गायक रामभक्तले ल्याए ‘सिसा रहेछ’
मिरुनासँग रोमान्टिक करण

डिबीको गजलमा रविना र भुवनको रोमान्स

गीतकार उपचार कोष सहयोगार्थ सांगीतिक कार्यक्रम

खोटाङ प्रतिभा–२०८०ः गायनमा आश्विन र नृत्यमा कविता छनोट
साकारको म्याजिक तीन देशमा ट्रेन्डिङमा
भदौ २ मा मेरो भ्वाईस यूनिर्भस र डान्सको ग्रयाण्ड फिनाले

प्रतिक्रिया