तस्वीरमा चालिसे बस दुर्घटना
_Zxx28OCS9r_x6huwjtup8v0t09zvposmhjg9d3a7oezfulw4spj0d8mja5jv2vusbwacibs_kEiPjukJJn_6el9ud0nkddtcia2bvnwvqwjwyrraxhc8rvqpviicwoqsfafcbiq7hak1xtc.jpg)
काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पर्वत हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको बस धादिङको गजुरी गाउँपालिका २ चालिसे स्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदिमा सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकमध्ये तीनको पहिचान भएको छ भने बाँकीको पहिचान हुन बाँकी छ । दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी र स्थानीयको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ ।
प्रहरीका अनुसार बसमा २५ जना सवार थिए । उद्धार गरिएकामध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । एकजना भने उपचार पश्चात डिस्चार्ज भएका छन् । बाँकी १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको छ । एकजना भने सकुशल छन् ।

अध्यादेश र सरकारको आयुबीच कुनै सम्बन्ध छैनः उपमहासचिव ज्ञवाली

शैक्षिक गुणस्तर सुधार्न १२ महिना, १२ कार्यक्रम

सगरमाथा चढ्दै कविता नेपाली

आज–२२ कार्तिक २०८१ बिहिवारको राशिफल

एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख प्रदान गर्ने निर्णय

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

प्रतिक्रिया