लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता

लमजुङ। लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन् ।
जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरिकता त्याग्नेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच÷पाँच जनाले नागरिकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जगदीश मिश्रले जानकारी दिए ।
अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरिकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरिककता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाई छ ।
लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए । त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७९र०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
त्यसैगरी गत आर्थिक वर्ष ०७९र०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सुचना अधिकारी मिश्रले जानकारी दिए ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया