केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन

चितवन । मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको सङ्ख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् ।
धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केवलकार चलेपछि भक्तजनको सङ्ख्या २५ प्रतिशत हाराहारी बढेको छ । अहिले शनिबार एक हजार पाँचको हाराहारी भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य बार यो सङ्ख्या तीन सयदेखि पाँच सय हाराहारी हुन्छ । बिदाको दिन र पर्व विशेषमा सङ्ख्या बढ्ने गर्दछ ।
यो सङ्ख्या पहिलेको तुलनामा २५ प्रतिशत हाराहारी बढी भएको उनले बताए । उनले भने, ‘बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केवलकारकै कारण आएका हुन् ।’ दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केवलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।
केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केवलकारको उद्घाटन गरेका हुन् । मौलाकालिका केवलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजारले केवलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उनले जानकारी दिए ।
भदौ महिनासँगै सङ्ख्या बढ्दै गएको छ । केवलकारले बुधबार दिउँसो २ बजेपछि ५० प्रतिशत शुल्क कम गरेको छ । अन्य समयमा रु पाँच सय ५० शुल्क लाग्ने गरेको छ । केवलकारकारको दूरी पाँच मिनेटको छ । केवलकारबाट झरेर पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केवलकार स्थानीयवासीको सहकार्यमा आइएमइ ग्रुपले निर्माण गरेको हो ।
केवलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया