सिटीहलको ५५ प्रतिशत काम

भरतपुर (चितवन) । चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो ।
सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा ढिलाइ भएको जनाएको छ ।
सिटीहलको मुख्य संरचनाको ट्रसका लागि फलामे पाइप भारतबाट आइसकेकाले अब निर्माणले गति लिने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले बताए । उनका अनुसार तीन महिनाअगाडि भारतबाट मगाइएको ट्रसका लागि फलामे पाइप मङ्गलबारमात्रै यहाँ आइपुगेको हो ।
ट्रस हाल्न करिब तीन महिना लाग्ने थापाले बताए । ‘ट्रसका लागि भारतबाट मगाइएको पाइप आइपुगेको छ’, उनले भने, ‘केही आउने क्रममा छ । पाइपमाथि जोडिने पाता नेपालमै उत्पादन हुन्छ । अब धमाधम काम हुन्छ ।’
भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण हुँदैछ । सिटी हलमा दुई हजार मानिस अट्न सक्ने क्षमताको मुख्य हल र तीन सय मानिस अट्ने क्षमताको अर्काे हल हुनेछ ।
हलको निर्माण लागत रू ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रहेको आयोजनाका प्रमुख थापाले जानकारी दिए । उनका अनुसार हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुने जनाइएको छ । सिटी हलको विसं २०७७ माघ १७ गते शिलान्यास गरिएको थियो ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया