ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

गलकोट । बागलुङ्मा ऐतिहासिक चैत्राष्टमी मेला आगामी चैत ३० गतेदेखि आयोजना गरिने भएको छ । चैत दसैँका अवसर पारेर बागलुङमा चैते दसैँ मेला आयोजना गर्न थालिएकोे छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० देखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागेकोे हो । गण्डकी प्रदेशकै एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा यसपक चैत्राष्टमी मेला आयोजना गरिएको कालिका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए ।
‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैत्राष्टमी मेला आयोजना गर्न थालिएको हो । मेलाको अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।
बागलुङको सदरमुकाम बागलुङ बजारमा तीन सय वर्षदेखि आयोजना हँुदै आएको यो मेला यो वर्ष जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो ।

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

प्रतिक्रिया