गुरुङ समुदायले मनाए मेँ त्हँले

मुग्लिन (चितवन) । गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।
यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
उनका अनुसार यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथिमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्नेजस्ता खेलको आयोजना गरिन्छ । त्यसैगरी खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल सुरु गरिन्छ ।
सिकारीयुगमा धनुषबाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरुको महागुरुबाट शक्तिबाण (गुरुबाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रुपमा यो पर्व मनाइँदै आएको छ ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया