त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

चितवन । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।
ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया