दान्भीमा फरक पुजा(फोटो फिचर)

काठमाडौं । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ ।
वुझिएअनुसार, फिल्ममा पूजाको इन्ट्री दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन ।
फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।
एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माणपक्ष लागिरहेको छ । यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

प्रतिक्रिया