बसाइँसराइले रित्तिँदै मौलाछ गाउँ

गलकोट (बागलुङ) । ‘गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ’, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोखिन् ।
उनका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिदै गएको छ । सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन् । बालबालिका त छैनन भन्दा पनि हुने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा पुराना घर खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ ।
जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उनको भनाइ छ । ‘मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्’, शर्माले भनिन्, ‘यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन् ।’ बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीबिहीनको अवस्थामा पुगेको छ ।
स्थानीय हीरा पौडेलले भने, ‘बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।’ उनका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ ।
बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ ।
मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो । अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर र कागतीखेती कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।
‘बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ’, शर्माले भने । गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ । नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ ।

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

प्रतिक्रिया