टिजरमा साहु बा
काठमाडौं । प्रेम, विश्वासघात र प्रतिशोधको कथा समेटिएको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । ३ सय ५० बढी कलाकारको अभिनय रहेको यो सिरिजको टिजर सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
सुजय योङ निर्देशित सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । प्रियंकाका अनुसार उनले यो सिरिजका लागि तीन वर्षभन्दा बढी समय दिएकी थिइन् ।
एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा सिरिज रिलिज हुनेछ ।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिज २४ भागको छ । हरेक भाग एक घण्टाको रहेको सिरिजमा आयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङको छायांकन छ ।
सिरिजमा सुजयकै कथा, पटकथा तथा संवाद छ । ‘मैले सिरिजको स्क्रिप्ट लकडाउनको बेला तयार पारेका थिएँ । यो सिरिज नेपाली दर्शकका लागि फरक स्वादको हुनेछ’, उनले भने । एक्सन र क्राइम जनरामा निर्मित सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

प्रतिक्रिया