मन्त्रीद्वय गुरुङ र देवकोटाद्वारा शपथ

गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

प्रतिक्रिया