मनाङको स्यार्कुको जङ्गलमा आगलागी

मनाङ । जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रशरी, जनप्रतिनिधि तथा स्थानीयले निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका १५ जना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयलगायको पहलमा आगो निभाउने कार्य भइरहेको छ ।
प्रनाउ भने, ‘भिरालो क्षेत्र भएकाले सहजै आगो निभाउन समस्या भएको हो । जिल्लाका सुरक्षा निकायको सहयोगमा आगो बस्तीसम्म पुग्न नदिन निभाउने प्रयास भइरहेको छ ।’ उक्त क्षेत्रमा फोन सम्पर्कसमेत नहुँदा समस्या भएको उनले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख अरुण पराजुलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्रअन्तर्गतको जङ्गलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार आगलागी भएको क्षेत्रमा प्राविधिकसहित सुरक्षा कर्मीको टोलीले आगो नियन्त्रणमा दिने प्रयास गरिरहेका छन् ।
‘अहिले जङ्गलमा मात्रै आगलागी भएको छ । जङ्गलको वरिपरि बस्ती भएकाले समयमा नै आगो निभाउन सकिएन भने बस्तीसम्म पुग्ने सम्भावना छ’, पराजुलीले भने, ‘भिरालो क्षेत्र भएकाले समस्या भइरहेको छ ।’ अहिलेसम्म कति क्षेत्रफलमा आगलागी भएको छ भन्ने आँकलन गर्न नसकिएको उनले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहल गरिरहेका जानकारी दिए । उनका अनुसार आगो अझै बढ्ने सम्भावना भएमा नेपाली सेनासमेत परिचालन गर्ने भएकाले तयारी अवस्थामा राखिएको छ ।

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

प्रतिक्रिया