प्रह्लादले ल्याए एउटा जून

काठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गीतमा टेक तामाङको शब्द र आलोकश्रीको संगीत छ । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन् ।
भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ । भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन् । दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन् ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया