रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । टी–२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।
रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी–२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी–२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।ु
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी– २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी–२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।
अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

रकस्टारका निर्देशक इम्तियाज अलिले यस बर्ष तीन फिल्म ल्याउने

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

प्रतिक्रिया