जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

प्रतिक्रिया