दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७।१८ अङ्कले घटेर २२४०।४१ अङ्कमा रोकिएको हो ।
नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ ।
आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ।
त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर मुल्यमा सकारात्कम सर्किट लागेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ९।९७ प्रतिशत र एनआईबिएल ग्रोथ फन्डको ९।९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज जानकी फाइनान्सको सेयर मुल्य सबै भन्दा बढी नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख ७२ हजार ५८९ बराबरको कारोबार भएको छ ।

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

प्रतिक्रिया