पोथी गैंडा मृत फेला

नारायणगढ (चितवन) । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।
मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए। उनले मृत गैँडाको शरीरमा चोटपट तथा घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताए । निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए ।
उनले भने, “हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बुढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ । मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।” यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया