प्रिय तिम्रो सिउँदोमा गायक प्रकाशको निधन

काठमाडौं । चर्चित गीत ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’ का गायक प्रकाश तिमल्सिनाको ३६ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ भैसेपाटीस्थित निवासमा अचेत अवस्थामा फेला परेका उनलाई परिवारले पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको अन्तिम संस्कार आज आइतबार बिहान पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका ‘खलि’, ‘तिम्रो हातको सिन्दुर’, ‘जुन भन्दिन’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’ लगायतका गीत हिट छन् ।
२०४५ सालको भूकम्प र बाढीमा परिवारसँगै आफ्ना दुवै आँखा गुमाएका यी गायक आँखाको उपचारका लागि अमेरिका जाने प्रयासमा थिए ।

रकस्टारका निर्देशक इम्तियाज अलिले यस बर्ष तीन फिल्म ल्याउने

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

प्रतिक्रिया