एक्सिसको पाइलामा कविता र धिरज

काठमाडौं । नेपाली व्यावसायिक रक व्याण्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ ।
भिडियोमा कविता नेपाली (गुरुङ) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा व्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ ।
भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)को स्टुडियोमा छायांकन गरिएको हो ।
भिडियोमा गौरव विष्टको सम्पादन र रंग संयोजन तथा स्टिभ देवानका प्रोडक्सन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा मानिसहरुलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी संघर्ष गरिरहन प्रेरित गरेको छ ।
व्याण्डमा सन्दीप विश्वकर्मा(संस्थापक र भोकल), अमूल्य श्रेष्ठ(ड्रम), सजिन महर्जन(बास), निखिल सिकर्मी र रोशन लामा (गीतार) सदस्य छन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले व्याण्ड ‘एक्सिस’को व्यवस्थापन हेर्दै आएको छ । बिकेश कायस्थको नेतृत्वमा रहेको नेटवर्कमा सुमन महर्जन श्रेष्ठ र स्टिभ देवान सदस्य छन् । नेटवर्कले संगीतका तीन पुस्ताको कार्यक्रम आयोजना गरिसकेको छ । जसमा नेपथ्य, बालेन, पुर्ण राई एण्ड दाजु भाईलगायतका व्याण्ड पर्छन् ।

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

प्रतिक्रिया