करण र नितुको काँडा भए नि

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ ।
थुग्तेन डुक्पाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।
चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिकाको जोडी जमेको छ । प्रेमि–प्रेमीकाको एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ । सार्वजनिक गीतको बारेमा बोल्दै मलिकाले गीत मनपरेकै कारण काम गरेको बताइन् ।
करणको काम प्रतीको लगनशिलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ ।’ त्यस्तै करणलेपनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुती बेस्ट दिने प्रयास गरेको बताए । मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी संग काम गर्दा धेरै कुराहरु सिक्न समेत पाए ।’
बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरु सार्वजनिक गरिरहेका छन् । केहि समय अगाडी राई इज किङ राजेशपायल राईसंगपनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसंग सहकार्य गरिसकेका छन् ।

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

प्रतिक्रिया