चापापानी सिद्धार्थ सहकारी संस्थाकाे साधारणसभा सम्पन्न

असोज २०, पोखरा ।
चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले
सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले अहिले बजारमा जुन नाफाको पछि सहकारीहरू हिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेका बताउदै चापापानी सहकारीको वितिय अवस्था हेर्दा सहकारी निकै मजबुत रहेको बताए ।
कार्यक्रमा बिशेष अतिथि पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा निर्वतमान अध्यक्ष नरेश बहादुर कार्कोले चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरु मध्यमा चिनिने सस्था भएकोले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताउदै सहकारीलाई आगामी दिनमा खराब ऋणलाइ कानुनी उपचार गरी उठाउन लाग्नुपर्ने बताए । कार्यक्रममा सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्की पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण कोईरला संस्थाका सल्लाहकार डा अनिल सुव्दी लगाएतले बोलेका थिए ।
सहकारीका अध्यक्ष दिपक कार्कीले अध्यक्षको प्रतिवेदन सचिव ईन्दिरा कोइरालाले सचिवको प्रतिवेदन सहकारीकी व्यवस्थापक करूणा शाही कार्कीले सहकारीको वितिय अवस्था ऋण लगानी समितिका संयोजक गुप्त बहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा सयोजक चित्र प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,उत्कृष्ट बचतकर्ता त्यसैगरी शेयर सदस्यका छोरा छोरीहरु मध्य एसईई, प्लस टु मा,स्नातक,स्नातकोत्तर उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो । सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव ईन्दिरा कोइरालाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

म दिनभरी ब्रत बसेर रातभरी रक्सी पिउँथेः ममता कुलकर्णी

पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

टि-ब्यागको चिया खानेलाइ क्यान्सारको खतरा बढीः अनुसन्धान

आज–२६ माघ २०८१ शनिबारको राशिफल

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश - ३३औँ राष्ट्रिय औँधोगिक मेलामा …

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री

हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा

प्रतिक्रिया