घनश्याम लामिछाने लाई लोकप्रिय निर्देशक सहित दर्जन स्रष्टा सम्मानित
असोज २४, पोखरा
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानले घनश्याम लामिछाने लाई लोकप्रिय निर्देशक सहित पोखरामा विभिन्न एक दर्जन व्यक्तित्वहरुलाई सामूहिक सम्मान गरेको छ ।
गत मंगलबार आयोजित विशेष समारोह वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
फिल्म निर्देशक घनश्याम लामिछाने लगायत यसरी सम्मानित हुनेमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्द नायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु, तेक्वान्दो प्रशीक्षक निसान कार्की, संस्कृतिकर्मी तथा नृत्य निर्देशक टकबहादुर गुरुङ्ग, कलाकार कृष्णबहादुर सुनार र युवा उद्घोषक दीपेन्द्र शाही (देवेन्द्र) हुन् ।
उनीहरुलाई दोसल्ला, माला, मेडल सहित सम्मानपत्र प्रदान गरिएको हो ।
कवियित्री सकुन ज्ञवालीलाई विभिन्न संघसंस्थाले कदर एवं सत्कारपत्र, मायाको चिनो सहित भव्यरुपमा सम्मान गरे । सोही कार्यक्रममा छायाँकार विशाल बयलकोटी पनि सम्मानित भए ।

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् जर्ज जोनसहित शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, साहित्य सम्राट देशभक्त सिंह कुँवर प्रतिष्ठान अध्यक्ष प्राडा कृष्ण केसी, साहित्य सम्राट देशभक्त सिंह कुँवर लगायतले सम्मान गरेका हुन् ।
शिक्षासेवी जोर्ज जोनले सम्मानले कसैको योगदानको कदर हुने बताए । उनले यस खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले साहित्य सम्राट देशभक्त बहुआयामिक व्यक्तित्व भएको भन्दै उनको निरन्तर सक्रियताको प्रशंसा गरे ।
विम्बकवि रमेश श्रेष्ठले यो सम्मान मात्र नभई, कसैको प्रतिभाको कदर र ऊर्जा प्राप्तिमा प्रेरणाको स्रोत हो भने । समाज परिवर्तनका लागि देशभक्तका बुवा क्षेत्रबहादुर कुँवरले निकै ठूलो योगदान गरेको बताउँदै उनले आमाबुवाको नाममा पनि संस्था गर्न सुझाव दिए । उनले आमाबुवा भनेका देवताका पनि देवता भएको प्रस्ट पारे ।
छन्दनायक माधव वियोगीले संघर्षको बेला, प्रगति हुन लाग्दा कुरा काट्नेले काटिरहने भएकाले त्यसको वास्ता नगरी निरन्तर अघि बढ्नुपर्ने बताए ।

साहित्य सम्राट देशभक्त सिंह कुँवरले ७ वर्षको उमेरदेखि नै सिर्जनामा लागेको स्मरण गरे । आफू सधैँ सिर्जनामै रमाउने र निरन्तर लेखिरहने भएकोले हरेक दिन सिर्जना बाहिर ल्याए पनि नसकिने दाबी गरे । कुनै दिन संसार छोडेर जानुपर्ने र जाँदा आफ्नो सम्पत्ति भनेकै सिर्जना मात्र बाँच्ने हो भने । जीवनशैली कसरी बढाउने भन्ने कुरा आफूले आफैँलाई चिन्नुपर्ने उनको भनाइ थियो । आफू यो क्षेत्रमा लाग्नुको मुख्य प्रेरणाको स्रोत आफ्ना बुवाआमा भएको उनले बताए ।
कवयित्री, मुक्तककार एवं गायिका सकुन ज्ञवाली, साहित्यकार पुष्कर अथक रेग्मी, शिक्षासेवी क्षेत्रबहादुर कुँवर, फिल्म निर्देशक घनश्याम लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष प्राडा कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्राडा यमबहादुर पौडेल क्षेत्री र संचालन संचारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) ले गरेका थिए । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको उपस्थिति रहेकाे सो कार्यक्रममा सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया