नेपालमा जलवायु परिवर्तन : परिणाम, कारण र समाधान
कार्तिक ३,
ममता बाँस्तोला, पोखरा
प्राकृतिक स्रोतको धनी देश नेपालमा प्राकृतिक प्रकोपको क्षति पनि अनगिन्ती छन् । वर्षा याममा बाढी, पहिरो, वन डढेलो, राप्ती र कोशी जस्ता खोलाहरुको अत्याधिक बहावले मानव वस्ती खेत डुवाउने र अन्य क्षतिहरु हरेक वर्ष नेपाल र नेपालीले भोग्नै पर्छ । जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक प्रकोपका समस्या अझै बल्झिदै गएको पाईन्छ । वर्षा यामको पानी कृषिको लागि महत्वपुर्ण भएपनि जलवायु परिवर्तका कारण वर्षाको ढाँचा अप्रत्याशित भएको छ; सन् २०२३ मा मनसुन ढिलो आउनाले कुनै क्षेत्रले अत्याधिक वर्षा भोग्न पर्यो भने कुनै क्षेत्रले खडेरी बढ्दो तापत्रफ्मले गर्दा हिमनदी फुटेर बाढी जाने जोखिम बढ्दो छ भने लोपोन्मुख जीव जन्तुको वासस्थान संकुचनको जोखिम उत्तिने छ ।
नेपालले वैश्विक हरितगृह उत्सर्जनमा जम्मा ०.१ प्रतिशत योगदान दिएपनि विश्वमा जलवायु संवेदनशील देशहरु मध्य एक हो । नेपालले यही वर्ष सन् २०२६ मा पनि गम्भीर जलवायु संकट भोग्न पर्यो । अभुतपुर्व वर्षा–एक दिनमा ८ इन्च माथि पर्नाले आएको विनाशकारी बाढीका कारण लगभग ३०० जनाको मृत्यु र १०,००० भन्दा वढि घरपरिवार विस्थापित भए । बाढी पहिरोको विनाशकारी प्रभावले गर्दा भौतिक पुर्वाधारहरु जस्तै जलविधुत, पुल, विद्यालय र लगभग ९५,००० हेक्टर खेतबारीको नास भयो । प्रारम्भिक मुल्याङ्कन गर्दा १३.४ अरब रुपैँयाको क्षति भएको पाइयो । यस वर्ष सप्तकोशीको अतिप्रवाह ५० वर्षमा नै नदेखिएको स्तरमा देखियो ।
नेपालमा वन डढेलो, मुख्य गरि हालैका वर्षहरुमा लागेको डढेलो, जलवायु परिवर्तनसँग जोडिएको पाइन्छ । जलवायु परिवर्तनको परिणामले गर्दा बढ्दो तापमान लामो खडेरी र बद्लिदो वर्षाको ढाँचाले वन डढेलोको आवृत्ति र तीव्रतामा योगदान दिएको पाइन्छ । वन डढेलोको कारण वन्यजन्तु नास हुने र धेरै ठाउँमा हावाको गुणस्तरमा प्रवाह पर्ने जस्ता समस्या देखा परेको पाइन्छ । यसका साथै नेपालको हिमाली भागमा बढ्दो तापमानले गर्दा हिमनदि पग्लिने तिव्रता बढेको देखिन्छ जसले गर्दा हिमनदी फुटेर नदिको तल्लो भागमा रहेको वातावरण र समुदायलाई धेरै जोखिम हुने गर्दछ ।
जलवायु परिवर्तनको परिणम प्राकृतिक प्रकोप मात्र नभएर अनय क्षेत्रमा पनि देखिन्छन् । जलवायु परिवर्तनका कारण मानव रोगको चाप पनि बढ्दै गएको पाइन्छ । अविरल वर्षा र उच्च तापत्रफ्मले गर्दा हैजा, डेङ्गु जस्ता रोग नेपालभरि फैलिएको देखिन्छ । जलवायु परिवर्तनले गर्दा नै नेपालको तराई देखि हिमाल सम्म रहेका प्रजातिहरु, वातावरण र पर्यावरणलाई असर परेको छ । लोपोन्मुख र स्थानिय वन्यजन्तुको जोखिम परिस्थितिक प्रणालिमा परिवर्तन र आत्रफ्मिक वन्यजन्तुको वृद्वि जलवायु परिवर्तनका केही परिणाम हुन् । जलवायु परिवर्तनले गर्दा उच्च उचाइमा चितुवा जस्ता विरालो प्रजातिका जनावरको लागि उपयुक्त बासस्थान बनेको पाइएको छ । जसले गर्दा त्यहाँका हिँउ चितुवा सँगको प्रतिस्पर्धा र शिकारको अभावले गर्दा पशुधनमा आत्रफ्मण जस्ता जोखिम देखिन सक्छन्।
जलवायु परिवर्तनका मुख्य कारणहरु:
जलवायु परिवर्तनका कारणहरु धेरै छन् जसमध्य मुख्य कारणहर भनेका वन पफ्डानी हरितगृह उत्सर्जन, हिमनदी फुट्ने, अव्यवस्थित शहरीकरण अनियमित स्रोत निकासी रहेका छन् ।
Mongabay का अनुसार केही समय अगाडी सिराहाका कार्यकर्ताहरुले चुरेमा वन पफ्डानी र स्रोतहरुको अनियमित निकासीले गर्दा वातावरणको क्षति भएको बताए । यस्ता गतिविध ले गर्दा त्यहाँको भुमिगत पानी पुनःपुरनलाई बाधा पुर्याउनका साथै माटो क्षरण भएको पनि बताए ।
हरितगृह उत्सर्जनले गर्दा विश्वव्यापी तापमान बढ्छ र अनियमित मौसमी चत्रफ् जस्तै परिवर्तित मनसुनको समय र तिव्र बाढी जस्ता समस्या देखिन्छन् बढ्दो तापमानका कारण हिमनदी पग्लिएर, फुटेर पनि कतै बाढी र कतै पानीको अभाव र खडेरीको महसुस हुन्छ ।
काठमाडौँ जस्ता शहरमा अनियोजित शहरी वृद्धिले गर्दा ढल र बाढी व्यवस्थापन अपर्याप्त देखिन्छन् । जसले गर्दा बाढी मैदानमा अनियोजित भवन र पुर्वाधार निर्माण गर्दा भारि वर्षको बेला गम्भीर बाढी क्षति हुने सम्भावना धेरै छ।
समाधानका प्रयासहरु:
समाधानका प्रयासहरु यस प्रकार हुन सक्छन्:
• ठाउँ ठाउँमा वनीकरण
• हरितगृह उत्सर्जन कम गर्ने नितिहरु जस्तै Cop26, NAP
• समुदाय आधारित आगो व्यवस्थापन
• प्रारम्भिक चेतावनी प्रणालीमा लगानी
• दिगो शहरी योजना
• जलवायु लचिलो पुर्वाधार
• हरियाली उर्फ्जा स्रोतहरुमा परिवर्तन
• अन्तराष्ट्रिय सहकार्य
नेपालमा जलवायु परिवर्तनले मानव जीवन, कृषि, पर्यटन, र जैविक विविधतामा गम्भीर असर पारिरहेको छ। यो समस्या समाधान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप ठोस कदमहरू आवश्यक छन्, जसले नेपाललाई जलवायु परिवर्तनसँग जुध्न सक्षम बनाओस्।
प्रतिक्रिया