तिहारलाई पदम र हरिदेवीको देउसी गीत
पोखरा । नेपालीहरूको महान् पर्व तिहारको अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल र वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाको आवाजमा देउसीभैलो गीत सार्वजनिक भएको छ ।
पदमराज ढकाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा धनबहादुर गुरुङको संगीत र गायक ढकालकै शब्द छ । गीतको भिडियोमा गम्भीर बर्देवाको निर्देशन छ । लेखनाथ साहित्य प्रतिष्ठानले निर्माण गरेको गीतको पोष्ट प्रोडक्सनको काम श्याम शुक्ला फिल्म प्रोडक्सनमा भएको हो । अशोक अले मगरले छायाङ्कन तथा सम्पादनमा तयार भएको भिडियोमा नृत्य समुहको व्यवस्थापन युवराज गुरुङ, ईश्वरी राना र सविन गुरुङले गरेका हुन् भने नृत्य व्यवस्थापन हिमाली सांस्कृतिक परिवारले गरेको छ ।
सङ्गीत समुहको संयोजन दिलिप गायक र छायाँङ्कन स्थलको व्यवस्थापन धर्मराज सावित्री थापा प्रतिष्ठानले गरेको छ । नृत्य तथा लोकेसन मार्फत समेतमा मौलिकता झल्काउन खोजिएको छ ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया