नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः चारको मृत्यु, छ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

प्रतिक्रिया