प्रताप र अस्मिताको तिमीलाई पाउँदा
काठमाडौं । गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रहेको ‘तिमीलाई पाउँदा’ बोलको प्रेमिल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक प्रताप दास एवं गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीतकार एलिस कार्कीले संगीत भरेका छन् भने बाबु प्रधानले संगीत संयोजन तथा महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
स्टुडियो साउण्डमिलको प्रस्तुतिमा निर्माण भएको उक्त म्यूजिक भिडियोमा नायक कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीको रोमाञ्चक अभिनय हेर्न सकिन्छ । निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ । राजेन्द्र मोक्तानले भिडियोको कलरिङ गरेका छन् भने समरा जोशीले कलाकारद्वय कुन्साङ र श्रद्धाको मेकअप गरेका छन् ।
स्टुडियो साउण्डमिलको युट्यूब च्यानलमार्फत शनिबार उक्त गीत सार्वजनिक गरिएको हो । यसअघि गीतकार प्रधानका ‘नभन मेरो भाग्य’, ‘साथ हुँदैमा’, ‘आमा’, ‘तिमी मेरी हुन सकिनौ’, ‘आऊ साथी’, ‘स्वीकार’लगायतका गीत छन् ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया