जुत्ता ब्यबसायी संघ कास्कीकास्कीका जुत्ता ब्यबसायीले मणिपालमा विशेष छुट पाउने

पुस ३, पोखरा । जुत्ता ब्यबसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीमा जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अस्पतालले जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न जुत्ता ब्यबसायी संघ कास्कीमा दर्ता भई आईडि कार्ड देखाउनुपर्ने छ । अस्पतालमा जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सदस्यहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

२० बर्ष पछि ‘मै हुँ ना’को सिक्वेल बन्दै, फराह खानले निर्देशन गर्ने

म दिनभरी ब्रत बसेर रातभरी रक्सी पिउँथेः ममता कुलकर्णी

पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

टि-ब्यागको चिया खानेलाइ क्यान्सारको खतरा बढीः अनुसन्धान

आज–२६ माघ २०८१ शनिबारको राशिफल

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश - ३३औँ राष्ट्रिय औँधोगिक मेलामा …

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री

प्रतिक्रिया