जुत्ता ब्यबसायी संघ कास्कीकास्कीका जुत्ता ब्यबसायीले मणिपालमा विशेष छुट पाउने
पुस ३, पोखरा । जुत्ता ब्यबसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारीमा जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अस्पतालले जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न जुत्ता ब्यबसायी संघ कास्कीमा दर्ता भई आईडि कार्ड देखाउनुपर्ने छ । अस्पतालमा जुत्ता ब्यबसायी संघ कास्कीका सदस्यहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सदस्यहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया