मायावीको टल टल टल्कियो
काठमाडौं । आगामी फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाईं, सुशिल सिटौला, करिश्मा श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
गीतको भिडियोमा दीपिकाको अर्कैसँग इन्गेजमेन्ट भएपछि पल शाहले यो गीत गाएको देखिन्छ । एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी रहेको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता छन् । फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।
फिल्ममा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्

प्रतिक्रिया