कार्साङ ग्रस एक करोड ४५ लाख

काठमाडौं ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको फिल्मले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

फिल्म वितरण कम्पनी आरआर फिल्मस्ले सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै फिल्ममा दर्शक संख्या बढ्दै गएको दाबी गरेको छ । बुधबार फिल्मले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ । 

यम शेर्पा निर्देशित फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।