पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुनः निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनःनिर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् ।
उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण अघि बढेको छ ।’
करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरको पुनःनिर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।
भूकम्पले क्षति पु(याएका केही संरचना पुनःनिर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए । उनका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ ।
विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुनःनिर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।

अन्तरिक्षमा भेटियो विशाल ब्ल्याक होल, जसले निल्न सक्छ १ अर्ब सूर्य

रकस्टारका निर्देशक इम्तियाज अलिले यस बर्ष तीन फिल्म ल्याउने

समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहाद…

आज–२४ माघ २०८१ बिहीबारको राशिफल

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

आज–१९ माघ २०८१ शनिबारको राशिफल

अमेरिकी डलरको भाउ सामान्बय ढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

प्रतिक्रिया