पञ्चासे जैबिक बिबिधता विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न

कास्की , स्याङ्जा र पर्वतको संगमस्थल प्रसिद्ध धार्मिक , पर्यटकीय एबं साँस्कृतिक तीर्थस्थल पञ्चासेमा पञ्चासे पर्यावरणीय पदयात्रा, जैबिक बिबिधता अन्तर्क्रिया कार्यक्रम र पर्यापर्यटन विषयक जनप्रतिनिधि बहस कार्यक्रम सम्पन्न भएको छ। 

पञ्चासे फाउन्डेसनको अायोजनामा भएको कार्यक्रम स्याङ्जाको फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले समुद्घाटन गर्नुभएको थियोे।

पोखरा महानगरपालिका वडा नं २३, पञ्चासे मकानपुरमा सम्पन्न कार्यक्रममा " पञ्चासे पर्यावरणीय पदयात्रा ,जैबिक बिबिधता अन्तर्क्रिया कार्यक्रम तथा पर्यापर्यटन विषयक जनप्रतिनिधि बहस कार्यक्रम अायोजना गरिएको थियोे।​​​​​​​

सुनाखरी एबं जैबिक बिबिधता राजधानी पञ्चासे क्षेत्रमा अध्ययन अनुसन्धान पर्यटनलाई बढवा दिन र " पञ्चासे जैबिक बिबिधता अध्ययन अनुसन्धान कोष " मार्फत हजारौं विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानका निम्ति अगाडि बढ्नुपर्ने अावश्यकतालाई मूल उद्धेश्यका रुपमा अगाडि बढाउन पञ्चासे फाउन्डेसन निरन्तर अगाडि बढिरहेको बताईएको थियोे।​​​​​​​

"हामीले पञ्चासे क्षेत्रलाई जैविक बिबिधता अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै खुला प्राकृतिक विश्वविद्यालयका रुपमा अगाडि बढाउन र संरक्षण अभियानका माध्यमबाट पञ्चासे क्षेत्रलाई " संरक्षण हब" खुला चिडियाखानाका रुपमा विकास गर्न हामीले यस्ता विषयगत कार्यक्रम अायोजना गरिरहेका छौँ" कार्यक्रम अायोजक संस्था पञ्चासे फाउन्डेसनका अध्यक्ष नवराज पौडेलले बताए।

अागामी अश्विन १ गते अायोजना गरिने " पञ्चासे संवाद " कार्यक्रमको पहिलो शृङ्खलाका रुपमा अायोजना गरिएको जैबिक बिबिधता र पर्यापर्यटन विषयक अन्तर्क्रिया कार्यक्रमका प्रमूख अतिथि स्याङ्जाको फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले " पञ्चासे क्षेत्रमा संरक्षण अभियान, पर्यापर्यटन प्रबर्द्धन र अध्ययन अनुसन्धान कार्यक्रम अगाडि बढाउनका निम्ति अाफूले समन्वयकारी नेतृत्व लिदै अगाडि बढाउन अाफू तयार रहेको बताउनुभएको थियोे ।

सो अबसरमा प्रमूख अामन्त्रित विशिष्ट बक्ता सुवेदीले अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै अागामी दिनमा संरक्षण मैत्री विकासका माध्यमबाट पञ्चासे क्षेत्रलाई देशकै नमूना " पर्यापर्यटन हब " का रुपमा अगाडि बढाउन अब मूर्त र दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्ने अावश्यकता अौल्याउँनु भएको थियोे । 

कार्यक्रममा पोखरा भ्रमण बर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपी भट्टराई , व्यवसाय प्रबर्द्धन केन्द्र पोखराका प्रमूख नवराज अधिकारी, पोखरा महानगरपालिका वडा नं, २३ का वडा सदस्य रिता सुनार, पोखरा महानगरपालिका वडा नं ,२३ , का वडाध्यक्ष रामकाजी गुरुङ, डिभिजनल बन कार्यालय कास्की प्रमूख डिभिजन बन अधिकृत कोमलराज काफ्ले, समाजसेवी रविन्द्र बहादुर गुरुङ, समाजसेवी रुपेश गुरुङ, पञ्चासे बन संरक्षण क्षेत्र कार्यक्रम पर्वत ईकाई अध्यक्ष सन्तोष गुरुङ, पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड का प्रबन्ध सञ्चालक चिन्तामणि शर्मा लगायतले संरक्षण र पर्यापर्यटन विषयमा विषयगत मन्तब्य राख्दै पञ्चासे जैबिक बिबिधता र पर्यापर्यटन विषयक अाफ्नो धारणा राख्नुभएको थियोे ।

कार्यक्रममा पञ्चासे संरक्षणमा उल्लेखनीय भूमिका खेलेबापत देशकै उत्कृष्ट पालिका मध्येमा पर्ने फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी र संरक्षण अभियन्ता तथा पोखरा महानगरपालिका वडा नं , २३ का अध्यक्ष रामकाजी गुरुङलाई सम्मानसमेत गरिएको थियोे ।

कार्यक्रममा प्रगतिशील अामा समूह सिधानेको तर्फबाट विशेष साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे भने पञ्चासे भनेकैँ पदयात्रा गन्तव्य हो भन्ने कुरा जीवित राख्न " पञ्चासे पर्यावरणीय पदयात्रा " समेत अायोजना गरिएको थियोे।​​​​​​​

पञ्चासे बन संरक्षण क्षेत्र कार्यक्रम कास्की ईकाई अध्यक्ष शिव घलेले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन नवराज पौडेलले गर्नुभएको थियोे।