रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
काठमाडौं, १३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।
शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिदोँ परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन ।
मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको बिषयमा जोड दिदैं काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सन्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए ।
उनले सूचनाको अभावमा स्वेदशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरु पनि सहि सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पु्र्याउने निकायहरुलाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले श्रम मन्त्रालयले दिने सवै सेवाहरु एकिकृत रुपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरुलाई डिजिटलाइलेसन गर्ने प्रकृयामा अगाडि बढी रहेको उनको भनाई छ ।
उनले श्रम र आप्रावसनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे ।
मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिटटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय सम्झदारीले सहयोग विश्वास व्यक्त गरे ।
उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने आशा लिएको बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
अध्यादेश र सरकारको आयुबीच कुनै सम्बन्ध छैनः उपमहासचिव ज्ञवाली
शैक्षिक गुणस्तर सुधार्न १२ महिना, १२ कार्यक्रम
सगरमाथा चढ्दै कविता नेपाली
आज–२२ कार्तिक २०८१ बिहिवारको राशिफल
एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख प्रदान गर्ने निर्णय
सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि
प्रतिक्रिया