उवासंघ चितवनका पूर्व उपाध्यक्ष कंडेलद्धारा लगानीको सुरक्षा माग

पोखरा भ्वाइस संबाददाता, वैशाख ३१, चितवन

उद्योग बाणिज्य संघका चितवन पूर्व उपाध्यक्ष एवं घर बहाल सरोकार महासंघका उपाध्यक्ष बिष्णु प्रसाद कंडेलले सरकारसंँग तत्काल उद्योगी व्यवसायीहरुको लगानी सुरक्षाको माग गरेका छन । कोरोना भाईरसका कारण देश लकडाउन (वन्दावन्दी) मा गएको ५० दिन वितीसक्दा समेत सरकारले आफूहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सहज वातावरण सिर्जना गर्न उनले माग गरेका हुन । दिन प्रति दिन सम्पूर्ण व्यवसायीको लगानी डुब्ने खतरा बढेकोले यसलाई तत्काल निकास दिनुपर्ने उनले बताए । लकडाउनका कारण सबै व्यवसायीहरु ऋणको चपेटामा परेको र बैंकको व्याज र किस्ता बुझाउन नसकेको र सम्पूर्ण व्यवसायीहरुको व्यवसाय नै धरापमा परेका कारण सरकारले तत्काल बैङ्क व्याज मिनाहको साथै घरभाडा छुट हुनुपर्ने उनको जोड छ । ‘हाम्रा व्यवसायी साथीहरु ५० दिनदेखि त्रसित छन सरकारले बैङ्कको व्याज, किस्ता लगायतका बिषयमा केही सम्बोधन गर्नै सकेको छैन’ कंडेलले भने । यस्तो अवस्था अझ लकडाउन लम्बिए व्यवसायी नै धराशायी हुने र सदाको लागि बन्द गरिनुपर्ने उनको भनाई छ । ‘व्यवसायी साथीहरुले आफ्नो व्यवसाय सधैका लागि बन्द गर्नुपर्ने अबस्था देखिसकेको छ तर राज्य मौन देखिन्छ यो कार्यले व्यवसायीहरु पिडामा परेका कारण सरकारले तत्काल केही गरोस ।’ उनको माग छ । हरेक समस्यामा राज्यलाई सहयोग गर्दै आईरहेका व्यवसायीहरु आफु समस्यामा पर्दा सरकार निरीह बनेको भन्दै तत्काल व्यवसायीको माग सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।