‘सिम टीभी’ को फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण

पोखरा भ्वाइस संवाददाता, असार २, चितवन। एस्किना केवल नेटवर्क प्रा.लि क्षेत्रपुरले केही बर्षदेखि सिम टि.भीको डिलरसिप लिएर चितवन, मकवानपुर नवलपरासी जिल्लामा सेवा दिईरहेको छ । केवल नेटवर्कको विस्तार र इन्टरनेटको उच्च माग संँगै विगत केही समयदेखि इन्टरनेट सेवा समेत दिन थालेको छ । हाल केवल नेटवर्ककको प्रभावकारीता संँगै गुणस्तरमा बृद्धि गर्न एचडी र एसडी सेवा दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्धक निर्देशक दिपक अधिकारीका अनुसार देशका तीन जिल्लाका अधिकांश स्थानमा केवल टि.भी जडान कार्य विस्तार गरिएको छ भने इन्टरनेटको सेवालाई पनि तीब्र पारिएको छ । ‘सिम टि.भीको केवल सेवा देशभरका शहरहरुमा छ , इन्टरनेट सेवालाई पनि तीब्रता दिइएको छ ’ अधिकारीले भने ।
लकडाउन शुरु भए यता मात्र कम्पनीले चितवनमा मात्रै ४ हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । फाइवर प्रविधिबाट इन्टरनेटको सेवा दिईएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यस सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाई छ ।चितवनका कालिका नगरपालिकामा बाहेक चितवनका सबै पालिकामा कम्पनीले इन्टरनेट सेवा दिईरहेको अधिकारीले बताए । ‘इन्टरनेटको माग दिनानुदिन बढिरहेको छ , उनले भने, हामीले चाडै नै अन्य स्थानहरुमा पनि इन्टरनेट सेवा दिन शुरु गर्दैछौ ।’ ग्राहकले एउटै केबलबाट २२० वटा भन्दा बढी च्यानल र इन्टरनेट सेवा दिईरहेको छ ।
अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी भन्दा उच्च गुणस्तर र तुलनात्मक रुपमा शुल्क समेत सस्तो भएकोले ग्राहकको सिम टि.भी प्रति आकर्षण बढेको हो । सिम टि.भीले लकडाउन शुरु भए संँगै विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाईन कक्षा समेतलाई निरन्तरता दिदै आएको छ । सिम टि.भी ग्राहकले हाल १०७,११५, ११७ नम्बरको च्यानलबाट कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई केवलबाट पठनपाठन गर्दै आएको जानकारी दिएको छ । ग्राहकले सिम टि.भीको केवल र इन्टरनेट सेवा लिनको लागि रिचार्ज भौचरको साथै खल्ती अनलाईन पेमेण्टबाट समेत भुक्तानी गर्न सक्नेछन ।

आजको मौसमः पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

नेपाल–भारत जमुनाहा नाकाः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

आज नागढुंगा सुरुङको ब्रेक थु हुँदै

चार प्रदेशमा पानी पर्ने, कोशीमा हावाहुरी चल्ने

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

प्रतिक्रिया